विश्वमा प्रतिव्यक्ति अस्पताल बेडको उपलब्धतामा ग्रिनल्यान्ड अगाडि, नेपालमा तीस हजार व्यक्ति बराबर एक बेड मात्रै

<p>काठमाडौं । विश्वमा प्रतिव्यक्ति अस्पताल बेडको सबैभन्दा धेरै उपलब्धता हुनेमा ग्रिनल्यान्ड अगाडि देखिएको छ भने माली सबैभन्दा कमजोर देखिएको छ । वल्ड स्टाटस्टिक्सका अनुसार ग्रिनल्यान्डमा प्रतिहजार १८.७ बेडको उपलब्धता रहेको छ भने मालीमा प्रतिहजार ०.१ वटा बेडको उपलब्धता रहेको छ । विश्वका ठूला अर्थतन्त्र भएका अमेरिका, चीन र जापानमा अस्पताल बेडको उपलब्धता प्रतिहजार क्रमशः २.९, [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । विश्वमा प्रतिव्यक्ति अस्पताल बेडको सबैभन्दा धेरै उपलब्धता हुनेमा ग्रिनल्यान्ड अगाडि देखिएको छ भने माली सबैभन्दा कमजोर देखिएको छ । वल्ड स्टाटस्टिक्सका अनुसार ग्रिनल्यान्डमा प्रतिहजार १८.७ बेडको उपलब्धता रहेको छ भने मालीमा प्रतिहजार ०.१ वटा बेडको उपलब्धता रहेको छ ।

विश्वका ठूला अर्थतन्त्र भएका अमेरिका, चीन र जापानमा अस्पताल बेडको उपलब्धता प्रतिहजार क्रमशः २.९, ४.३ र १३ वटा रहेको छ ।

नेपालमा भने प्रतिहजार मानिसहरुलाई ०.०३ बेडको मात्रै उपलब्धता अर्थात प्रति ३० हजार मानिसलाई एउटा मात्रै बेडको उपलब्धता भएको तथ्यांकहरुले देखाएका छन् । एजेन्सीको सहयोगमा ।

Share News