
काठमाडौं । प्रभु बैंक र सौभाग्य हस्पिटलबीच सम्झौता भएको छ । प्रभु बैंक र कैलालीको सौभाग्य हस्पिटलबीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
बैंकका तर्फबाट धनगढी ३१८ शाखा कार्यालय प्रमुख नगेन्द्र रत्न कोइराला र सौभाग्य हस्पिटलका तर्फबाट अध्यक्ष दिनेश राज जैसीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
बैंक र सौभाग्य हस्पिटलबीच सम्पन्न सम्झौता अनुसार बैंकका ग्राहकले सौभाग्य हस्पिटलमा ओपिडी परीक्षण सेवामा १५ प्रतिशत छुट हुने भएको छ ।
साथै प्याथोलोजी, एक्स्–रे, युएस्जी, एन्डोस्कोपी, नर्मल बेड, एच्डीयु बेड, एसी क्याबिन, सर्जरी, कोलोनोस्कोपी, आइसीयुरएन्आइसीयु सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । प्रभु बैंकका ग्राहकले ५ प्रतिशत छुट पाइनेछ ।
सम्झौता अनुसार सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरमा बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था छ ।