काठमाडौं । एभरेष्ट बैंकको संचालकमा किरण कृष्ण श्रेष्ठ नियुक्त भएका छन् ।
बैंकको वैशाख ८ गते बसेको संचालक समितिको बैठकले संस्थापक सेयरधनी समुहको तर्फबाट श्रेष्ठलाई संचालक नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकका संचालक अरुण मान शेरचनले राजीनामा दिएपछि उनको स्थानमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।
शेरचनको राजीनामा बैंकको वैशाख ८ मा बसेको संचालक समितिको बैठकले स्वीकृत गरेर सोहि बैठकले श्रेष्ठलाई संचालक नियुक्त गरेको हो ।