सनराइज बैंकका ग्राहकलाई भारतको अपोलो हस्पिटलमा १० प्रतिशतसम्म छुट

<p>काठमाडौं।  सनराइज बैंकले भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारको क्रममा भारतको अपोलो हस्पिटलबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा अधिकतम १० प्रतितशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । अपोलो हस्पिटल अन्तर्गत भारतभरी रहेका ७३ वटै अस्पतालमा यो विशेष छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ [&hellip;]</p>

काठमाडौं।  सनराइज बैंकले भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारको क्रममा भारतको अपोलो हस्पिटलबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा अधिकतम १० प्रतितशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

अपोलो हस्पिटल अन्तर्गत भारतभरी रहेका ७३ वटै अस्पतालमा यो विशेष छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

सो सम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रविन कुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले आइतबार हस्ताक्षर गरेका छन् ।

इन्द्रप्रस्थ अपोलो हस्पिटल भारत स्थित एक प्रतिष्ठित अस्प्ताल हो जसले विभिन्न १४० देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

भारतमा उपचारको लागि जाने आम नेपालीको लागि लक्षित गरेर बैंकले छुटै हेल्थ केयर कार्ड पनि संचालनमा ल्याइसकेको छ भने अपोलो लगाएत विभिन्न भारतीय अस्पतालमा उपचार गर्दा लाग्ने खर्च समेत सनराइज स्वास्थ्य योजना अन्तर्गत सोधभर्ना लिन सकिने बैंकले जनाएको छ ।

Share News