विद्यालयले सबै पेशालाई सम्मान गर्न सिकाउनुपर्छ : पठाओ

<p>काठमाडौं । विद्यालयले सबै पेशालाई सम्मान गर्न सिकाउनु पर्ने राइड सेयरिङ कम्पनी पठाओले बताएका छ । शुक्रबार पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्नेतले एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् । उनले ललितपुरका एक विद्यालयका भाइस प्रिन्सिपलसहित अन्य दुई जना शिक्षकले यो बच्चाले पढेर केही गरि खान सक्दैन, बरु एउटा स्कुटी किन्दिनु, पठाओ चलाएर खान्छ भनेर दिएको [&hellip;]</p>

काठमाडौं । विद्यालयले सबै पेशालाई सम्मान गर्न सिकाउनु पर्ने राइड सेयरिङ कम्पनी पठाओले बताएका छ । शुक्रबार पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्नेतले एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् ।

उनले ललितपुरका एक विद्यालयका भाइस प्रिन्सिपलसहित अन्य दुई जना शिक्षकले यो बच्चाले पढेर केही गरि खान सक्दैन, बरु एउटा स्कुटी किन्दिनु, पठाओ चलाएर खान्छ भनेर दिएको अभिव्यक्ति प्रति ध्यानाकर्षण भएको बताए ।

सबै पेशालाई सम्मान गर्न सिकाउनुपर्ने शिक्षकहरूबाटै यस्तो किसिमको अभिव्यक्ति आउनु अत्यन्तै दुःखद् हो, केही गर्न नसकेपछि पठाओ चलाउनेभन्दा पनि विभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरूले आफ्नो अनुकूलको समयमा  पठाओलाई अतिरिक्त आम्दानीको माध्यम  बनाइरहनु भएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

उपत्यका भित्र तथा उपत्यका बाहिरसमेत जनजीविकालाई सहज बनाउँदै आवात जावातमा समेत सहजता प्रदान गर्न आफ्ना क्याप्टेन, राइडर र फुडम्यान साथीहरूको  संलग्नताप्रति गर्व गर्ने बताएका छन् ।

यस्तै, उनले विद्यालय स्तरमा नै सबै किसिमका पेशा र व्यवसायप्रति विद्यार्थीलाई जानकारी दिने र स-सम्मान काम गर्न अभिप्रेरित गरिनुपर्नेमा, शिक्षक वर्गले दिएको गलत अभिव्यक्तिको भोलिका दिनमा दोहोरिने छैन भन्ने विश्वास गरेको बताएका छन् ।

Share News