महालक्ष्मी विकास बैंकद्धारा काठमाडौं सुन्दर बनाउन सहयोग

<p>काठमाडौं । महालक्ष्मी बैंकले काठमाडौं सुन्दर बनाउन सहयोग गरेको छ । फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मद्दत पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो । महालक्ष्मी बैंकले सुविधानगरमा अवस्थित तिनकुने टोल सुधार समितिलाई पचास थान डस्टविन हस्तान्तरण कार्यक्रम सञ्चालन गरको छ । बैंकको बानेश्वर शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं ३२, सुविधानगरमा [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी बैंकले काठमाडौं सुन्दर बनाउन सहयोग गरेको छ । फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मद्दत पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो ।

महालक्ष्मी बैंकले सुविधानगरमा अवस्थित तिनकुने टोल सुधार समितिलाई पचास थान डस्टविन हस्तान्तरण कार्यक्रम सञ्चालन गरको छ । बैंकको बानेश्वर शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं ३२, सुविधानगरमा अवस्थित तिनकुने टोल सुधार समितिलाई पचास थान डस्टविन हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं ३२ भित्रको फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मद्दत पुर्याउने उद्देश्यले बैैंकले उक्त सहयोग प्रदान गरेको हो । बानेश्वर शाखाका प्रमुख विकाश रावलले तिनकुने टोल सुधार समितिका अध्यक्ष विश्वराज कार्कीलाई सामाग्री हस्तान्तरण गरेका थिए ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

Share News