राष्ट्रपतिबाट होटल संघ नेपालका अध्यक्ष तथा प्रथम उपाध्यक्ष सम्मानित

<p>काठमाडौं । होटल संघ नेपालका अध्यक्ष सृजना राणा सुप्रबल जनसेवा श्री पदकबाट सम्मानित भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट २०८० वैशाख १ गते राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान गरेवापत यस पदक प्रदान गरिएको हो । महिला सशक्तिकरण तथा समाजसेवमा समेत सेवा गर्दै आइकी राणा अन्नपूर्ण ग्रुप अफ होटलकी सञ्चालक हुन् । यसैगरी, होटल संघ नेपालका [&hellip;]</p>

काठमाडौं । होटल संघ नेपालका अध्यक्ष सृजना राणा सुप्रबल जनसेवा श्री पदकबाट सम्मानित भएकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट २०८० वैशाख १ गते राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान गरेवापत यस पदक प्रदान गरिएको हो । महिला सशक्तिकरण तथा समाजसेवमा समेत सेवा गर्दै आइकी राणा अन्नपूर्ण ग्रुप अफ होटलकी सञ्चालक हुन् ।

यसैगरी, होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह विकास रत्न पदकबाट सम्मानित भएका छन् । शाहले मुलुकको पर्यटनमा उल्लेख्य योगदानका साथै अन्तर्राष्ट्रिय जगतमा मुलुकको रैथाने खानाको प्रवद्र्धन समेत गर्दै आएका छन् ।

Share News