नयाँ वर्षमा एनएमबि बैंकले ल्यायो सजिलो क्युआर कर्जा

<p>काठमाडौं । एनएमबि बैंकले नयाँ बर्षमा एनएमबि सजिलो क्युआर कर्जाको शुरुवात गरेको छ । बैंकका अनुसार आर्टिफिसियल ईन्टेलिजेन्समा आधारित आन्तरीक प्रविधिको विकास गरी बैंकको क्युअार प्रणालीमा आवद्ध साना, मझौला तथा घरेलु उद्यमकाे कर्जा प्रदान गरिनेछ । साथै, आकश्मिक वित्तीयलाई ध्यानमा राखी २ लाख रुपैयाँसम्मको एनएमबि सजिलो क्युआर कर्जा प्रदान गरिने कम्पनीले जनाएकाे छ । अर्थतन्त्रमा वास्तविक रुपले [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंकले नयाँ बर्षमा एनएमबि सजिलो क्युआर कर्जाको शुरुवात गरेको छ ।

बैंकका अनुसार आर्टिफिसियल ईन्टेलिजेन्समा आधारित आन्तरीक प्रविधिको विकास गरी बैंकको क्युअार प्रणालीमा आवद्ध साना, मझौला तथा घरेलु उद्यमकाे कर्जा प्रदान गरिनेछ । साथै, आकश्मिक वित्तीयलाई ध्यानमा राखी २ लाख रुपैयाँसम्मको एनएमबि सजिलो क्युआर कर्जा प्रदान गरिने कम्पनीले जनाएकाे छ ।

अर्थतन्त्रमा वास्तविक रुपले विद्युतीय कर्जा प्रणालीको बिस्तार गर्ने, कर्जा प्रक्रियालाई सरलीकृत गर्ने र कर्जाको लागत कम गर्ने उदेश्यका साथ शुरु गरिएको यस कर्जाबाट ग्राहकहरुको ब्यवसायलाई आवश्यक आकश्मिक वित्तीय आवश्यक्ता पूरा गर्नेछ । साथै, बैंकले प्राथमिकतामा राखेको डिजिटाईजेशनको लक्ष्य प्राप्तिमा कोशेढुंङ्गा सावित हुने बिश्वास लिएको छ ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Share News