नयाँ वर्षमा सिटिजन्स बैंकका ग्राहकलाई छुटैछुट

<p>काठमाडौं । सिटिजन्स बैंकले १६ औं वार्षिकोत्सवको अवसरमा छुटै छुटको योजना सार्वजनिक गरेको छ । डिजिटल बैंकिङ्गलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनलले १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको हो । बैंकले वैशाख ७ गतेको वार्षिकोत्सवलाई १ गते देखि वैशाख ७ गते सम्म एक साताको लागि लागू हुने गरि बैंकका विभिन्न [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंकले १६ औं वार्षिकोत्सवको अवसरमा छुटै छुटको योजना सार्वजनिक गरेको छ । डिजिटल बैंकिङ्गलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनलले १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको हो ।

बैंकले वैशाख ७ गतेको वार्षिकोत्सवलाई १ गते देखि वैशाख ७ गते सम्म एक साताको लागि लागू हुने गरि बैंकका विभिन्न क्यास लेस कारोबारमा भारी छुट र क्यासब्यक, लगायतका योजनाहरु सार्वजनिक गरेको हो ।

उक्त्त योजना अन्तर्गत डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले पस मेसिन र अनलाईन मार्फत १ रुपैयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढिमा २ सयसम्म क्यासब्याक दिइने छ ।

यसैगरी क्यु आर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि ५ सय रुपैयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढिमा २ सयसम्म क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।

डिजिटल भुक्तानीको अर्को माध्यम इकम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधी भरमा इकम कार्ड लिन चाहने ग्राहकलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने कम्पनीले जनाएकाे छ ।

त्यसैगरि बैंकले पुँजीबजारमा लगानीकर्ताको सहभागिता बढाउने हेतुले यस योजना अवधिभर ग्राहकको लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था समेत गरेको छ ।

साथै, बैंकका निष्कृय खाता भएका ग्राहकलाई समेत खाता सक्रिय गरि कार्ड वा मोबाइल बैंकिङ्ग मार्फत ५ सय रुपैयाँ वा बढीको कारोबार गर्दा एकमुष्ठ २ सय रुपैयाँसम्म क्यासब्याक प्रदान गरिने योजना सार्वजनिक गरेको छ ।

यस्ता नगद रहित कारोबारमा हुने छुट योजनाबाट डिजिटल बैंकिङको विकासमा टेवा पुग्नुका साथै ग्राहकवर्गलाई समेत लाभ पुग्ने विश्वास बैंकले जनाएकाे छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News