कोरोनाबाट थप एक जनाको मृत्यु, १२१ नयाँ संक्रमित

<p>काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बुधबार गप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप एक जनाको मृत्यु भएको जनाएको हो । मन्त्रालयका अनुसार बुधबार १२१ जना नयाँ संक्रमित थपिएको छ । देशभरि ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले [&hellip;]</p>

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बुधबार गप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप एक जनाको मृत्यु भएको जनाएको हो ।

मन्त्रालयका अनुसार बुधबार १२१ जना नयाँ संक्रमित थपिएको छ । देशभरि ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै ८१ जना कोरोनामुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ ।

मंगलबार वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । मंगलबार दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छ जनामा सङ्क्रमण देखिएको थियाे ।

Share News