राष्ट्र बैंकको कारवाहीमा २ फाइनान्स कम्पनी

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । बैंकले कर्जा निक्षेप अनुपात (सीडि रेसियो) सीमा भन्दा धेरै हुँदा भएको भन्दै कारवाही गरेको हो । चालू आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासमा सीडि रेसियो सीमाभन्दा बढी भएको भन्दै बैंकले जानकी फाइनान्स र नेपाल फाइनान्सलाई कारबाही स्वरुप जरिवाना गरेको हो । चालुआवको पहिलो [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । बैंकले कर्जा निक्षेप अनुपात (सीडि रेसियो) सीमा भन्दा धेरै हुँदा भएको भन्दै कारवाही गरेको हो ।

चालू आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासमा सीडि रेसियो सीमाभन्दा बढी भएको भन्दै बैंकले जानकी फाइनान्स र नेपाल फाइनान्सलाई कारबाही स्वरुप जरिवाना गरेको हो ।

चालुआवको पहिलो त्रैमासमा नेपाल फाइनान्सले एक लाख ४९ हजार ३ सय ६३ र जानकी फाइनान्सले ८० हजार ९ सय ८५ रुपैयाँ जरिवाना राष्ट्र बैंकलाई बुझाएका थिए ।

Share News