
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ ।
यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको ८ देखि १० प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले ८ प्रतिशत वा ७५० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा १ हजार रुपैयाँसम्म छुट पाउनेछन् ।
छुट पाउनका लागि प्रयोगकर्ताहरुले दराज एपबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ । एक जनाले एक चोटी मात्र छुट पाउने बैंकले जनाएको छ ।
बेैंकको अनुसार दराज नेपालसँग गरिएको यो सहकार्य योजना चैत्र २८ देखि वैशाख १ गतेसम्म मान्य रहनेछ ।
ग्लोबल आइएमई बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढि सेवा केन्द्रबाट ४० लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।