काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट लाभांश नबाँड्ने घोषणा गरेको छ । बैंकको सोमबार साँझ बसेको संचालक समितिको बैठकले यसवर्ष सेयरधनीलाई लाभांश नबाँड्ने घोषणा गरेको हो ।
बैंकले १२ वर्षको अवधिमा पहिलोपटक लाभांश नबाँड्ने घोषणा गरेको हो ।
बैंकले यसअघि आ।व २०७७/७८ मा ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले २०६९र७० मा सबैभन्दा बढी ५२.६४ प्रतिशत लाभांश वितरण गरेको थियो ।