५० लाखसम्मको कर्जामा अग्रिम भुक्तानी गरे शुल्क लिन पाईंदैन : राष्ट्र बैंक

<p>काठमाडौं । ५० लाखसम्मको कर्जामा अग्रिम भुक्तानी गर्दा कुनै पनि बैंक तथा वित्तिय संस्थाले शुल्क लिन नपाउने व्यवस्था रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकले मंगलबार आफ्नो फेसबुक पेजमार्फत यस्तो जानकारी दिएको हो । यस्तो कुनै शुल्क लिएमा उक्त संस्थामा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न सकिने बैंकले जनाएको छ । यस्तै, [&hellip;]</p>

काठमाडौं । ५० लाखसम्मको कर्जामा अग्रिम भुक्तानी गर्दा कुनै पनि बैंक तथा वित्तिय संस्थाले शुल्क लिन नपाउने व्यवस्था रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकले मंगलबार आफ्नो फेसबुक पेजमार्फत यस्तो जानकारी दिएको हो ।

यस्तो कुनै शुल्क लिएमा उक्त संस्थामा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न सकिने बैंकले जनाएको छ ।

यस्तै, उक्त संस्थाबाट गुनासो सुनुवाई नभएमा राष्ट्र बैंकको वित्तिय ग्राहकको संरक्षण इकाईमा गुनासो दर्ता गर्न सकिने पनि बैंकले जनाएको छ ।

वित्तिय साक्षरता जगाउने अभियान अन्तर्गत राष्ट्र बैंकले हरेक मंगलबार यस्तो जानकारीहरु दिँदै आएको छ ।

Share News