काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पुनः कोरोना संक्रमण भएको छ । यससँगै उनलाई तेश्रो पटक कोरोना भएको छ ।
उनले सामाजिक सञ्जालमार्फत आफू तेश्रो पटक कोभिड-१९ बाट संक्रमित भएको जानकारी गराएका हुन् ।
‘कोभिड-१९ द्वारा तेस्रो पटक संक्रमित, पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभयपनी कोभिड त कोभिड नै रहेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।