एक सहकारी संस्थाले उपत्यकामा घरजग्गा बेच्दै

<p>काठमाडौं । सप्तगण्डकी बचत तथा ऋण सहकारी संस्थाले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । सहकारी संस्थाले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा लिलामीमा बिक्री गर्ने भएको हो । संस्थाको नाममा रहेको ललितपुरमा दर्ता कायम सैवु ९ स्थित कित्ता नम्बर २६० को ०-४-०-० क्षेत्रफल भएको घरजग्गा र जग्गाले चर्चेको सम्पुर्ण संरचना बिक्री गर्ने [&hellip;]</p>

काठमाडौं । सप्तगण्डकी बचत तथा ऋण सहकारी संस्थाले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । सहकारी संस्थाले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा लिलामीमा बिक्री गर्ने भएको हो ।

संस्थाको नाममा रहेको ललितपुरमा दर्ता कायम सैवु ९ स्थित कित्ता नम्बर २६० को ०-४-०-० क्षेत्रफल भएको घरजग्गा र जग्गाले चर्चेको सम्पुर्ण संरचना बिक्री गर्ने भएको हो ।

उक्त गैह्र बैंकिङ्ग सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति र फर्म/कम्पनी तथा संघ संस्थाहरुले २०८० बैशाख ३१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ ।

सहकारी संस्थाको केन्द्रिय कार्यालय भीमसेनगोलामा प्राप्त बोलपत्रहरु जेठ १ गते खोलिने बताएको छ ।

Share News