सिद्धार्थ बैंकले चितवनमा घरजग्गा बेच्दै

<p>काठमाडौं । सिद्धार्थ बैंकले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा लिलामीमा बिक्री गर्ने भएको हो । बैंकको नाममा दर्ता कायम रहेको चितवनको भरतपुर महानगरपालिका १० स्थित कित्ता नम्बर ६२९ को ०–०–१६–० बिघा क्षेत्रफल भएको घरजग्गा लिलाम बिक्री गर्ने जनाएको छ । यसअघि पनि लिलामीमा राखेको [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा लिलामीमा बिक्री गर्ने भएको हो ।

बैंकको नाममा दर्ता कायम रहेको चितवनको भरतपुर महानगरपालिका १० स्थित कित्ता नम्बर ६२९ को ०–०–१६–० बिघा क्षेत्रफल भएको घरजग्गा लिलाम बिक्री गर्ने जनाएको छ । यसअघि पनि लिलामीमा राखेको भएपनि बिक्री नभएपछि बैंकले चौंथो पटक लिलामीमा राखेको हो ।

उक्त गैह्र बैंकिङ्ग सम्पत्ति वा घरजग्गा खरिद गर्न इच्छुक व्यक्ति र फर्मरकम्पनी तथा संघ संस्थाहरुले ७ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ । थप बुझ्नका लागि बैंकको प्रधान कार्यालय र चितवनको नारायणगढ शाखामा सम्पर्क गर्नुपर्नेछ ।

Share News