हिमालयन बैंकले संचालन गर्यो अपाङ्गमैत्री एटिएम सेवा

<p>काठमाडौं । हिमालयन बैंकले अपाङ्गमैत्री एटिएम सेवा संचालन गरेकाे छ । बैंकले साँगा स्थित स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटिएम संचालनमा ल्याएको हाे । बैंकले बैंकिङ्ग सुबिधा सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यताका साथ सबैको लागि बैंक, सबैका लागि बैंकिङ्ग सुबिधा भन्ने उद्देश्यले सो स्थानमा एटिएमको सुरुवात गरेको हो । बैंकको सो एटिएमको उद्घाटन स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रको [&hellip;]</p>

काठमाडौं । हिमालयन बैंकले अपाङ्गमैत्री एटिएम सेवा संचालन गरेकाे छ । बैंकले साँगा स्थित स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटिएम संचालनमा ल्याएको हाे ।

बैंकले बैंकिङ्ग सुबिधा सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यताका साथ सबैको लागि बैंक, सबैका लागि बैंकिङ्ग सुबिधा भन्ने उद्देश्यले सो स्थानमा एटिएमको सुरुवात गरेको हो ।

बैंकको सो एटिएमको उद्घाटन स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रको २१ औं वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित एक समारोहको बीच बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रका अध्यक्ष डा. शान्ता दिक्षितले गरेका हुन् ।

उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरा लगायत बैंक तथा उक्त संस्थाका उच्चपदस्थका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

Share News