काठमाडाैं । नेशनल एकेडेमी फर फाईनान्सियल सर्भिसेज(एनएफआरएस) र सौराहास्थित होटल सेभेन स्टारबीच सम्झाैता भएकाे छ ।
दुई कम्पनीबीच संस्थागत सल्लाहकारको सेवा लिने दिने विषयमा द्विपक्षिय सम्झाैता भएकाे हाे ।
उक्त सम्झाैतामा एनएफआरएसको तर्फबाट संस्थापक अध्यक्ष रमेश कुमार भट्टराई र होटल सेभेन स्टारको तर्फबाट प्रबन्ध संचालक माधव दवाडिले हस्ताक्षर गरेका छन् ।
बैशाख पहिलो हप्ताबाट संचालन गर्ने तयारीमा रहेकाे एनएफआरएसले बैंक तथा वित्तिय संस्था तथा सबै प्रकारका उधोग व्यवसायलाई काउन्सेलिङ्ग, कन्सलटेन्सि र कोचिगं (तालिम) प्रदान गर्ने उद्देश्य राखेको छ ।