सैंबु नख्खुडोल जग्गा एकीकरण आयोजनाले घडेरी बेच्दै, प्रतिआना कति ?

<p>काठमाडौं । काठमाण्डौ उपत्यका विकास प्राधिकरण अन्तर्गत रहेको सैंबु नख्खुडोल जग्गा एकीकरण आयोजनाले घडेरी बिक्री गर्ने भएको छ । आयोजनाले रिङरोड, एकान्तकुनाबाट करिव डेढ किलोमिटर दुरीमा रहेको ललितपुर महानगरपालिका २५ (साविक सैंबु ३) स्थित विकसित घडेरी प्लटहरु बिक्री गर्ने भएको हो । आयोजनाले २०३.४४ र १७१.७२ वर्गमिटरको क्रमशः अर्थात् ०-६-१-२.३७ आना र ०-५-१-२.४१ आना क्षेत्रफल [&hellip;]</p>

काठमाडौं । काठमाण्डौ उपत्यका विकास प्राधिकरण अन्तर्गत रहेको सैंबु नख्खुडोल जग्गा एकीकरण आयोजनाले घडेरी बिक्री गर्ने भएको छ । आयोजनाले रिङरोड, एकान्तकुनाबाट करिव डेढ किलोमिटर दुरीमा रहेको ललितपुर महानगरपालिका २५ (साविक सैंबु ३) स्थित विकसित घडेरी प्लटहरु बिक्री गर्ने भएको हो ।

आयोजनाले २०३.४४ र १७१.७२ वर्गमिटरको क्रमशः अर्थात् ०-६-१-२.३७ आना र ०-५-१-२.४१ आना क्षेत्रफल भएको दुई वटा घडेरी बिक्री गर्ने जनाएको छ । आयोजनाका अनुसार प्रतिआना न्यूनतम २६ लाख ५० हजारका दरले ०-६-१-२.३७ आना जग्गाको मूल्य १ करोड ६९ लाख ५५ हजार ३३२ रुपैयाँ र ०-५-१-२.४१ आना जग्गाको मूल्य १ कोड ४३ लाख ११ हजार ६८७ रुपैयाँ रहेको छ ।

खरिद गर्न इच्छुकले ३० दिनभित्र लक्ष्मी निवास मानभवन ललितपुर (जिल्ला प्रशासन कार्यालय, ललितपुर परिसर भित्र) शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । विकसित घडेरी प्लट खरिद गर्दा ३ हजार शुल्क तिर्नुपर्नेछ । साथै, साथ आफूले कबोल गरेको अंकको कम्तीमा १० प्रतिशत रकम दाखिला गर्नुपर्ने जनाएको छ ।

शिलवन्दी बोलपत्र ३१ औं दिनको १ बजे जिल्ला आयुक्तको कार्यालय ललितपुरमा खोलिने छ ।

Share News