मन्त्रिपरिषद् बैठक जारी

<p>काठमाडौं । मन्त्रिपरिषद् बैठक बसीरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बिहान सुरु भएको बैठक सुरु जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार आजको बैठक मन्त्रालयगत एजेन्डामाथि छलफलमा केन्द्रीत रहेको छ । आगामी १० वैशाखमा हुने उपनिर्वाचनको आचारसंहिता लागू हुने भएपछि आजको बैठकमा अन्य निर्णयहरू समेत हुने जनाईएको छ । [&hellip;]</p>

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसीरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बिहान सुरु भएको बैठक सुरु जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार आजको बैठक मन्त्रालयगत एजेन्डामाथि छलफलमा केन्द्रीत रहेको छ ।

आगामी १० वैशाखमा हुने उपनिर्वाचनको आचारसंहिता लागू हुने भएपछि आजको बैठकमा अन्य निर्णयहरू समेत हुने जनाईएको छ । यसअघि सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको थियो ।

सरकारले साझा न्यूनतम नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो ।

Share News