सिन्धु विकास बैंकले गर्यो २०८० सालको भित्ते र टेवल पात्रोको विमोचन

<p>काठमाडौं । सिन्धु विकासले २०८० सालको लागी भित्ते तथा टेवल पात्रोहरुको विमोचन गरेको छ । उक्त विमोचन कार्यक्रममा बैंकका उच्च व्यवस्थापनको समेत उपस्थिती रहेको थियो । सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा [&hellip;]</p>

काठमाडौं । सिन्धु विकासले २०८० सालको लागी भित्ते तथा टेवल पात्रोहरुको विमोचन गरेको छ । उक्त विमोचन कार्यक्रममा बैंकका उच्च व्यवस्थापनको समेत उपस्थिती रहेको थियो ।

सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ ईकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण व्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत मोवाईल बैकिङ, एससिटि डेबिट कार्ड, यसएमएस बै‌कि, क्युआर कोड, सि एसबिए लगायत सम्पुर्ण बैंकिङ सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।

Share News