कृषि सामग्री कम्पनीले ४० हजार जुट बोरा खरिद गर्ने

<p>काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले जुटका बोरा खरिद गर्ने भएको छ । कम्पनीले ४० के.जी. क्षमताका जुट बोरा खरिद गर्ने भएको हो । बीउ विजन कस्ती गर्न निर्धारित ढाँचा अनुसार ४० के.जी. क्षमताको जुट बोरा ४० हजार थान खरिद गर्ने कम्पनीले जनाएको छ । उक्त जुट बोरा खरिद गर्न कम्पनीले बोलपत्र आह्वान गरेको हो [&hellip;]</p>

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले जुटका बोरा खरिद गर्ने भएको छ । कम्पनीले ४० के.जी. क्षमताका जुट बोरा खरिद गर्ने भएको हो ।

बीउ विजन कस्ती गर्न निर्धारित ढाँचा अनुसार ४० के.जी. क्षमताको जुट बोरा ४० हजार थान खरिद गर्ने कम्पनीले जनाएको छ । उक्त जुट बोरा खरिद गर्न कम्पनीले बोलपत्र आह्वान गरेको हो । उत्पादक फर्म, ईच्छुक सप्लायर्स, व्यक्तिले १५ दिनभित्र गोप्य शिलबन्दी पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

कम्पनीको प्रधान कार्यालयको अतिरिक्त विराटनगर, बिरगंज र भैरहवा कार्यालयबाट ३ हजार रुपैयाँ तिरी बोलपत्र फाराम खरिद गर्न सकिनेछ । बोलपत्र साथ जमानत रकम वापत १ लाख २५ हजार रुपैयाँ कम्पनीको बैंक खातामा जम्मा गर्नुपर्नेछ ।

Share News