काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेर पठाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटेर पठाएको हो ।
अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा १.७४ रुपैयाँ र डिजेलमा ६.८२ रुपैयाँ मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
हाल निगमले पेट्रोलको प्रतिलिटर १७८ रुपैयाँ र डिजेलको १७५ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । घटेर आएको मूल्यलाई केही दिनमा समायोजन गरेर नयाँ मूल्य सूची सार्वजनिक गर्ने निगमले गरेको जनाइएको छ ।
हाल निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा प्रतिलिटर १५ रुपैयाँ नाफा भइरहेको जनाएको छ । निगमले आईओसी र सरकारको ऋण गरेर १२ अर्ब रुपैयाँ बराबरको बक्यौता तिर्न बाँकी छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएकाले मूल्य घटेर आएको हो । विश्व बजारमा बैंकिङ्ग क्षेत्रमा ठूलाठूला बैंकहरु डुब्न थालेपछि तेलको खपतमा कमी आएको हो । जसले गर्दा मूल्यमा गिरावट आउन थालेको हो ।