एमालेले तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने

<p>काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभाको उपचुनावमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो । तर, बारा निर्वाचन क्षेत्र नम्बर २ को उम्मेदवारको विषयमा भने एमालेले टुंगो लगाएको छैन । तनहुँ २ बाट उम्मेदवार [&hellip;]</p>

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभाको उपचुनावमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो । तर, बारा निर्वाचन क्षेत्र नम्बर २ को उम्मेदवारको विषयमा भने एमालेले टुंगो लगाएको छैन ।

तनहुँ २ बाट उम्मेदवार बन्न लागेका खनाल गत मंसिरमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए भने चितवन २ बाट उम्मेदवार बन्न लागेका न्यौपाने एमाले चितवनका अध्यक्ष हुन् ।

Share News