एक क्वाइल लामखुट्टे धुप बाल्दा एक सय खिल्ली चुरोट बराबरको प्रदुषण

<p>एजेन्सी । के तपाईलाई थाहा छ लामखुट्टेको धपाउने एक क्वाइल धुप बाल्दा १०० वटा चुरोटको खिल्ली बराबरको धुवाँ निकाल्छ। यो धुवाँले हाम्रो फोक्सोमा गम्भीर क्षति पुर्याउँछ । एक अनुसन्धानका अनुसार यदि तपाईले लामो समयसम्म यस्ता क्वाइलको धुवाँ सेवन गरिरहनुभएको छ भने तपाईको फोक्सोको क्यान्सर हुन सक्छ । चुरोट बाल्दा निस्कने २.५ पिएम बराबरकै धुवाँ क्वाइलले [&hellip;]</p>

एजेन्सी । के तपाईलाई थाहा छ लामखुट्टेको धपाउने एक क्वाइल धुप बाल्दा १०० वटा चुरोटको खिल्ली बराबरको धुवाँ निकाल्छ। यो धुवाँले हाम्रो फोक्सोमा गम्भीर क्षति पुर्याउँछ । एक अनुसन्धानका अनुसार यदि तपाईले लामो समयसम्म यस्ता क्वाइलको धुवाँ सेवन गरिरहनुभएको छ भने तपाईको फोक्सोको क्यान्सर हुन सक्छ । चुरोट बाल्दा निस्कने २.५ पिएम बराबरकै धुवाँ क्वाइलले पनि फाल्ने गर्छ ।

यी क्वाइलहरु काठको धुलो, नरिवलको फाइबर पाउडर, चारकोल, डाई, डीडीटी र धेरै कीटनाशक रसायनहरू मिसाएर बनाइन्छ। यसमा मुख्य कुरा पाइरेथ्रिन रसायन प्रयोग गरिएको हुन्छ । कोठामा क्वाइल जलाउँदा लामखुट्टे बाहिर निस्कन्छ तर धुवाँ हामीले लिने साससँगै फोक्सोमा पुग्छ । यदि कसैले बन्द कोठामा आठ घण्टासम्म यी क्वाइलहरुको धुवाँ लिन्छ भने उसलाई क्यान्सर हुने खतरा धेरै हुन्छ ।

Share News