काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् ।
आफूले मागेको मन्त्रालय नपाएको भन्दै उनले शुक्रबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन । गत पुस ११ गते नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट खान मन्त्री बनेका थिए।
११ पुसमा बिना विभागीयमन्त्री बनेका खानलाई प्रधानमन्त्रीले ३ माघको मन्त्रिपरिषद् पुनर्गठनका क्रममा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । सुरुमा असन्तुष्टि जनाएर मन्त्रालय नगएकाले उनले ११ माघमा पदभार सम्हालेका थिए ।
उनले राजीनामा बुझाएसँगै डा. सिके राउत नेतृत्वको जनमत पार्टी सरकारबाट बाहिरिएकाे छ ।
सरकार विस्तारका लागि भागबन्डामा जनमत पार्टी असन्तुष्ट बनेको छ। यससँगै जनमत संघीय सरकारबाट बाहिरिएको हाे ।