प्रभु बैंकले ४१ वटा कार र घरजग्गा बेच्दै

<p>काठमाडौं । प्रभु बैंक (साविको सेञ्चुरी कमर्सियल बैंक)ले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि ४१ वटा सवारी साधन र जग्गा बिक्री गरेर ऋण असुल गर्ने भएको हो । शाखा कार्यालय धनगढीबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि [&hellip;]</p>

काठमाडौं । प्रभु बैंक (साविको सेञ्चुरी कमर्सियल बैंक)ले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि ४१ वटा सवारी साधन र जग्गा बिक्री गरेर ऋण असुल गर्ने भएको हो ।

शाखा कार्यालय धनगढीबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

ऋणी दक्षीणकाली मोटोकर्प प्रालिका सञ्चालक तथा जमानीकर्ता नविन जोशी र जयलक्ष्मी जोशीले लिएको कर्जा वापत धितोमा राखेका विभिन्न कम्पनीका ४० वटा बोलेरो र स्कोरपियो बिक्री गर्ने भएको हो । साथै नबिन जोशीको नाममा रहेको साविक हसुलिया ६ स्थित कित्ता नम्बर ३१७, १४०, १४९, १५१, ३१३, १५६ र ३१९ को क्रमशः १८२२, १९४५, १८८५, ८३६०, १६४५, २१९० र ८४.६५ वर्गमिटर क्षेत्रफल भएको जग्गा, साविक फूलवारी ३ स्थित कित्ता नम्बर ४९७ को ६५६४ वर्गमिटर भएको जग्गा र जग्गाले चर्चेको घर पनि बिक्रीमा राखेको हो ।

यस्तै, डि.के. व्रिक इण्डष्ट्रिज प्रालिका सञ्चालक तथा जमानीकर्ता जित बहादुर चौधरी र नबिन जोशी, मुनाल मल्ल, ओम प्रकाश ड.चौधरी र मिना चौधरीको पनि धितो लिलाम गर्ने बैंकले जनाएको छ । बैंकले मिना चौधरीको नाममा दर्ता भएको साविक हसुलिया ६ स्थित कित्ता नम्बर ३१८ को १३५४५.३५ वर्गमिटर, जित बहादुर चौधरीको हसुलिया २ स्थित कित्ता नम्बर २७७, ५९१ र ७१० को क्रमशः ४९६, ८४.६५ र ४८६९.६१ वर्गमिटर, मुनाल मल्लको नाममा रहेको हसुलिया ३ स्थित कित्ता नम्बर ११०२ को ३३८.६३ वर्गमिटर भएको जग्गा र जग्गामा बनेका घर बिक्री गर्नेछ । त्यस्तै, डि.के. व्रिक इण्डष्ट्रिजको स्वामित्वमा रहेको प्र ३०१००३ क ४५०८ नम्बरको लोडर बिक्री गर्ने भएको हो ।

Share News