कुमारी बैंकले धितोमा रहेको स्कोरपियो बेच्दै

<p>काठमाडौं । कुमारी बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको शाखा कार्यालय कुपण्डोल ललितपुरबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो ।

बैंकको शाखा कार्यालय कुपण्डोल ललितपुरबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ ।

बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

ऋणी मकवानपुरको हाडीखोला ४ का बुद्धराम बलले कर्जा लिएवापत राखिएको धितो लिलाम गर्ने भएको हो । बैंक (साविक एनसीसी बैंक)धनी भई नारायणी अञ्चल यातायात व्यवस्था कार्यालय विरगंजमा दर्ता कायम रहेको ना ७ ख ४३२ नम्बरको टाटा मोटर्स एमसीभि एयर बस बिक्री गर्ने भएको हो ।

यस्तै, बाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय ललितपुरमा दर्ता कायम रहेको बा १६ च ६०३९ नम्बरको महिन्द्रा स्कोरपियो एसटू टूडब्लूडिको सवारी बिक्री गर्ने भएको हो । साथै बैंकले जमानीकर्ता रहरसिंह बलको नाममा मालपोत कार्यालय मकवानपुरमा दर्ता कायम रहेको हाडीखोला ५ स्थित कित्ता नम्बर १२२२ र १२२३ को ०-११-८-० र ०-१०-३.५ रोपनी जग्गा बिक्री गर्ने भएको हो ।

Share News