तल्लो खारे खोला जलविद्युत आयोजनामा तोडफोड, २५ लाख क्षति

<p>दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकास्थित युनिभर्सल पावर कम्पनीको तल्लो खारे खोला जलविद्युत आयोजना (११ मे.वा.) को हेडवर्क साइटमा तोडफोड भएको छ । ११ मेगावाटको उक्त आयोजनामा तोडफोड गरी करिब २५ लाख रूपैयाँ बराबर क्षति पुर्&#x200d;याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले बताएको छ। साथै, कर्मचारीमाथि आक्रमण समेत भएको उल्लेख छ। इप्पानले यो घटनाको भत्र्सना गरेको [&hellip;]</p>

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकास्थित युनिभर्सल पावर कम्पनीको तल्लो खारे खोला जलविद्युत आयोजना (११ मे.वा.) को हेडवर्क साइटमा तोडफोड भएको छ ।

११ मेगावाटको उक्त आयोजनामा तोडफोड गरी करिब २५ लाख रूपैयाँ बराबर क्षति पुर्‍याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले बताएको छ।

साथै, कर्मचारीमाथि आक्रमण समेत भएको उल्लेख छ। इप्पानले यो घटनाको भत्र्सना गरेको छ। आयोजनालाई उचित क्षतिपूर्तीका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण पनि गराएको छ।

घाइते भएका आयोजनाका कर्मचारीको उपचार खर्च पीडक पक्षबाटै भराउने व्यवस्था गर्न समेत इप्पानले स्थानीय प्रशासनसँग माग गरेको छ।

Share News