स्वर्णिम वाग्ले तनहुँबाट उपनिर्वाचन लड्ने तयारी, कांग्रेस त्यागेर स्वतन्त्रमा जाँदै

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्थशास्त्री स्वर्णिम वाग्लेलाई बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँमा उम्मेदवार बनाउने तयारी गरेकाे छ । रास्वपाका प्रवक्ता मुकुल ढकालले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँबाट उपचुनावको उम्मेदवार बनाउने आन्तरिक तयारी भएको बताए । उनले पार्टीले तनहुँमा सरप्राइज रुपमा उम्मेदारी दिन लागेको भन्दै छिट्टै निर्णय गर्ने बताए । अर्थशास्त्री स्वर्णिम वाग्लेले पनि नेपाली [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्थशास्त्री स्वर्णिम वाग्लेलाई बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँमा उम्मेदवार बनाउने तयारी गरेकाे छ ।

रास्वपाका प्रवक्ता मुकुल ढकालले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँबाट उपचुनावको उम्मेदवार बनाउने आन्तरिक तयारी भएको बताए । उनले पार्टीले तनहुँमा सरप्राइज रुपमा उम्मेदारी दिन लागेको भन्दै छिट्टै निर्णय गर्ने बताए ।

अर्थशास्त्री स्वर्णिम वाग्लेले पनि नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले नेपाली काँग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकास शर्मा, शेखर कोइराला र डा.गाेविन्दराज पोखरेललाई ह्वाट्सएपमा मार्फत पत्र पठाउँदै पार्टी परित्याग गरेको जनाएका हुन् ।

उनले ट्वीट गर्दै देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको समेत उल्लेख गरेका छन् ।

गत मंसिरमा भएको निर्वाचनमा नेपाली काँग्रेसले टिकट नदिएपछि रोकिएका वाग्ले बैशाखमा हुन लागेको उपनिर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचनमा सहभागी हुन लागेका हुन ।

नेपाली काँग्रेस पार्टीभित्रकाे असन्तुष्टिकाे संकेत दिने गरी उनले एउटा ट्वीट भने गरेका थिए ।  उनले पछिल्लाे ट्ववीटमा लेखेका छन्-‘ए वाग्ले, तैंले चाहिं के गरिस् नि?’ त्यसकाे जवाफ पनि उनले दिएका छन् । 

चुनावी सरकारमा जम्मा ४ महिना राष्ट्रिय याेजना आयाेगकाे उपाध्यक्ष भएको र ३८ वटा उल्लेख्य काम गरेको विवरण पनि उनले ट्वीटरमा नै सार्वजनिक गरेका छन् । साथै, २०७२ भूकम्पपछि विश्वसनीय क्षति आकलन, ४०० अर्बको प्रतिवद्धता र नयाँ संरचनामा नेतृत्वदायी भूमिका खेलेकोमा विशेष गर्व भएकाे  उनले बताएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्थशास्त्री स्वर्णिम वाग्लेलाई बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँमा उम्मेदवार बनाउने तयारी गरेको छ ।

रास्वपाका प्रवक्ता मुकुल ढकालले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँबाट उपचुनावको उम्मेदवार बनाउने आन्तरिक तयारी भएको बताए । उनले पार्टीले तनहुँमा सरप्राइज रुपमा उम्मेदारी दिन लागेको भन्दै छिट्टै निर्णय गर्ने बताए ।

उनलाई गत मंसिरमा हुने निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभामा चुनाव लड्न आग्रह गरेको बताएका थिए । ओलीसँगै उनले आफूलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफूलाई चुनाव लड्न आग्रह गरेको बताउँदै आएका थिए ।

‘दुई पार्टीबाट मलाई चुनाव लड्न प्रस्ताव आएको थियो, तर आफू सक्रिय रहेको पार्टीलाई त्यागेर अर्को पार्टीबाट चुनाव लड्नु राजनीतिक परिपक्वता होइन’, उनले एक सार्वजनिक कार्यक्रममा नै भनेका थिए ।

काँग्रेस त्याग र रास्वपा प्रवेशकाे विषयमा वाग्लेसँग कुरा गर्न गरिएकाे प्रयास सफल भएन । उनकाे माेवाइल स्वीच अफ गरिएकाे छ ।

(साँझ ५ः४४ मा अपडेट गरिएकाे)

Share News