आइडिया धितोमा राखेर ऋण दिन सरकारले माग्यो प्रस्ताव, तीन प्रतिशत ब्याज

<p>काठमाडौं । सरकारले ‘आइडिया’ लाई धितोमा राखेर दिने ऋणका लागि प्रस्ताव आह्वान गरेको छ । उद्योग विभागले बिहीबार एक सूचना जारी गर्दै आइडिया धितो ‘स्टार्टअप उद्यम कर्जाका’ लागि परियोजना प्रस्ताव पेश गर्न २१ दिनको अबधि राख्दै सूचना आह्वान गरेको हो । विभागले उत्त सूचना जारी गरेसँगै अब तपाईं हामीमा भएको ‘आइडिया’ लाई पनि धितोमा राखेर [&hellip;]</p>

काठमाडौं । सरकारले ‘आइडिया’ लाई धितोमा राखेर दिने ऋणका लागि प्रस्ताव आह्वान गरेको छ ।

उद्योग विभागले बिहीबार एक सूचना जारी गर्दै आइडिया धितो ‘स्टार्टअप उद्यम कर्जाका’ लागि परियोजना प्रस्ताव पेश गर्न २१ दिनको अबधि राख्दै सूचना आह्वान गरेको हो ।

विभागले उत्त सूचना जारी गरेसँगै अब तपाईं हामीमा भएको ‘आइडिया’ लाई पनि धितोमा राखेर ऋण लिन पाइने भएको हो । यदि तपाईंसँग कुनै नयाँ आइडिया छ भने त्यो आइडियालाई धितोका रुपमा राखेर बैंकबाट २५ लाख रुपैयाँसम्म ऋण लिन सकिन्छ ।

‘स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ बमोजिम स्टार्टअप उद्यमका मापदण्डहरु पूरा गरेका तोकिएको क्षेत्रका नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका सहुलियतपूर्ण कर्जा लिन इच्छुक स्टार्टअप उद्यम गर्ने उद्यमीहरुले सूचना प्रकाशन भएको मितिले २१ दिन भित्र कार्यविधिको अनुुसूची (१) बमोजिम ढाँचामा परियोजना प्रस्ताव पेश गर्न सक्नेछन्’, विभागले जारी गरेको सूचनामा भनिएको छ ।

उक्त सूचना अनुसार अब सरकारले बिनाधितो सहुलियम ब्याजदरमा उपलब्ध गराउने कर्जा विभिन्न १४ प्रकारका उद्योगले ऋण पाउनेछन् ।
जसमा कृषि तथा पशुपंछी, वन पैदावर, पर्यटन प्रवद्र्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित, विज्ञान प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा आधारित उद्यमलाई सरकारले कर्जा सुविधामा समेट्ने छ ।

यस्तै, मानव स्वास्थ्य सेवासँग सम्बन्धित, शिक्षा तथा शिक्षण सिकाइ, सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, पूर्वाधार निर्माण, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाह, खानी तथा खनिज अनुसन्धान, घरायसी वा दैनिक जीवनयापन, खाद्य उत्पादन तथा प्रशोधन र फोहोरमैला व्यवस्थापन तथा वातावरणसंग सम्बन्धित व्यवसाय स्टार्टअपको कर्जा मापदण्डमा समावेश हुनेछन् ।

उद्यमीले बिजनेश प्रपोजल (परियोजना प्रस्ताव) लाई नै धितोमा ७ वर्षका लागिआधार दरमा ३ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध हुनेछ ।

 

Share News