नेपाल क्लियरिङ्ग हाउसको संचालकमा बैंकर महेश शर्मा र जगदीश दाहाल

<p>काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को संचलाक समितिमा बैंकर महेश शर्मा ढकाल संचालक पदमा नियुक्त भएका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका डेपुटि प्रमुख कार्यकारी अधिकृत(सीइओ) वाणिज्य बैंकहरुका तर्फबाट संचालकमा शर्मा नियुक्त भएका हुन् । बुधबार बसेको  एनसीएचएलको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यस्तै, बैठकले स्वतन्त्र सञ्चालकका रुपमा अधिवक्ता जगदीश दाहाल नियुक्त गर्नेपनि निर्णय गरेको छ [&hellip;]</p>

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को संचलाक समितिमा बैंकर महेश शर्मा ढकाल संचालक पदमा नियुक्त भएका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका डेपुटि प्रमुख कार्यकारी अधिकृत(सीइओ) वाणिज्य बैंकहरुका तर्फबाट संचालकमा शर्मा नियुक्त भएका हुन् । बुधबार बसेको  एनसीएचएलको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै, बैठकले स्वतन्त्र सञ्चालकका रुपमा अधिवक्ता जगदीश दाहाल नियुक्त गर्नेपनि निर्णय गरेको छ ।

यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।

 

Share News