बैंकको मार्जिन कलले सताउन थाल्यो : लगानीकर्ता रौनियार

<p>काठमाडौं । लगानीकर्ता छोटेलाल रौनियारले बैंकको मार्जिन कलले सताउन थालेको बताएका छन् । बुधबार काठमाडौंमा लगानीकर्तासँगको अन्तरक्रिया कार्यक्रममा उनले बैंकको मार्जन कलले फोन गर्नुपरेको बताए । यसको कारण धेरै लगानीकर्ताहरुले आत्महत्या गर्नु मात्र बाँकी छ भन्दै दुखेसो गरेको पनि उनले बताए । &#8216;बजार घटेर घर घरकी कहानी भयो, ब्याजदर बढेका कारण लगानीकर्ता रोइरहेका छन् र कति विदेश पलायन भइरहेका [&hellip;]</p>

काठमाडौं । लगानीकर्ता छोटेलाल रौनियारले बैंकको मार्जिन कलले सताउन थालेको बताएका छन् ।

बुधबार काठमाडौंमा लगानीकर्तासँगको अन्तरक्रिया कार्यक्रममा उनले बैंकको मार्जन कलले फोन गर्नुपरेको बताए । यसको कारण धेरै लगानीकर्ताहरुले आत्महत्या गर्नु मात्र बाँकी छ भन्दै दुखेसो गरेको पनि उनले बताए ।

‘बजार घटेर घर घरकी कहानी भयो, ब्याजदर बढेका कारण लगानीकर्ता रोइरहेका छन् र कति विदेश पलायन भइरहेका छन्,’ उनले भने, ‘दोहोरो करले पनि लगानीकर्ताहरु पिडामा छन् ।’

जुनतारा उदाए जस्तै अब सेयर बजारलाई माथि बढाउने गरि काम गर्नुपर्ने उनी बताउँछन् । पूँजी बजार अर्थतन्त्रको मेरुदण्ड रहेको बताउँदै उनले यस सम्बन्धि नीतिनियम बनाउँदा लगानीकर्ताको पनि सुझाव सल्लाह लिनुपर्ने बताए ।

यस्तै, उनले इन्साइडर ट्रेडिङ्ग गर्नेलाई ठाउँका ठाउँ कारबाही गर्नुपर्ने माग राखेका छन् । उनले राष्ट्र बैंकले दुई तीन लाभांश घटाएर पठाउनुभन्दा पहिला छलफल गर्नुपर्ने पनि बताए ।

Share News