काठमाडौं । नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । पार्टी शीर्ष नेताहरूको बैठकले भुसाल र ज्वाललाई सरकारमा पठाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिने प्रस्ताव गरेका छन्। एकीकृत समाजवादीले भने तीन मन्त्रालय माग गरेको छ ।