बिपिडब्लुको सेयर रजिष्ट्रारमा मेगा क्यापिटल

<p>काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था तथा मेगा क्यापिटल मार्केट्स बीच सम्झौता भएको छ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था र मेगा क्यापिटल मार्केट्सबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको हो । सम्झौतापत्रमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार पोखरेल र मेगा क्यापिटल मार्केट्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शुलभ [&hellip;]</p>

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था तथा मेगा क्यापिटल मार्केट्स बीच सम्झौता भएको छ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था र मेगा क्यापिटल मार्केट्सबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको हो ।

सम्झौतापत्रमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार पोखरेल र मेगा क्यापिटल मार्केट्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले गरेका हुन् ।

उक्त कार्यक्रममा मेगा क्यापिटल मार्केट्स लिमिटेडका मार्केटिङ्ग डिपार्टमेन्ट हेड गिरी राज पोखरेल र मर्चेन्ट बैकिङ्ग इन्चार्ज श्री मनिषा दाहालको समेत उपस्थिति रहेको थियो।

सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु मेगा क्यापिटल मार्केट्स लिमिटेड, साकेत कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

Share News