काठमाडौं । आन्तरिक उडान गर्दै आएको सौर्य एयरलाइन्सले काठमाडौं–पोखरा दैनिक चार वटा उडान गर्ने भएको छ । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सौर्यले उडान संख्या बढाएको हो ।
आगामी चैत १९ गतेदेखि दैनिक चार उडान गर्ने सौर्य एयरलाइन्सका व्यवस्थापक मुकेश खनाल बताउँछन् । उनका अनुसार यसअघि पोखरा रुटमा दैनिक २ उडान हुँदै आएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जेट विमानमार्फत उडान गर्दै आएको सौर्यले दैनिक बिहान ८.३० बजे, ९.३५ र दिउँसो २.४० र ३.३० मा उडान गर्ने तालिका तयर भएको जानकारी उनले दिए ।
सौर्यले हाल २ वटा जहाजमार्फत विराटनगर, भद्रपुर र पोखरामा उडान गर्दै आएको छ ।