भरतपुर अस्पताल न्याम्स अन्तर्गतको शिक्षण अस्पताल बन्ने

<p>काठमाडौं । चितवनको भरतपुर अस्पताललाई अब चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत आंगिक शिक्षण अस्पतालको रुपमा सञ्चालन गरिने भएको छ । चैत १० गते बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले सामाजिक सञ्जालमार्फत बताएकी छन् । अहिलेसम्म न्याम्स अन्तर्गत १६ वटा अस्पताल सञ्चालनमा रहेका छन्, मन्त्रिपरिषदको सो निर्णयसँगै न्याम्समा आवद्ध अस्पतालको [&hellip;]</p>

काठमाडौं । चितवनको भरतपुर अस्पताललाई अब चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत आंगिक शिक्षण अस्पतालको रुपमा सञ्चालन गरिने भएको छ । चैत १० गते बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले सामाजिक सञ्जालमार्फत बताएकी छन् ।

अहिलेसम्म न्याम्स अन्तर्गत १६ वटा अस्पताल सञ्चालनमा रहेका छन्, मन्त्रिपरिषदको सो निर्णयसँगै न्याम्समा आवद्ध अस्पतालको संख्या १७ वटा पुग्छ । त्यस्तै, भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउने निर्णयसँगै सरकारी शिक्षण अस्पतालको संख्या पनि थपिएको छ ।

भरतपुर महानगरपालिकाकी प्रमुख दाहाल र भरतपुर अस्पतालका पूर्व अध्यक्ष डा. भोजराज अधिकारीले आफूहरुको १२ वर्षदेखिको सपना साकार भएको प्रतिक्रिया दिएका छन् ।

Share News