शान्तिवाटिकामा बस्न मिटरब्याज पीडितलाई बालेनको प्रस्ताव

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले मिटरब्याज पीडितलाई खुलामञ्चको सट्टा शान्तिवाटिकामा बस्ने प्रस्ताव गरेको छ । सोमबार विभिन्न जिल्लाबाट पैदल हिँडेर आन्दोलनका लागि मिटरब्याज पीडित काठमाडौं आएका छन् । उनीहरुले भने महानगरको प्रस्तावलाई अस्विकार गर्दै खुलामञ्चको गेटबाहिर प्रदर्शन गरेका छन् । महानगरपालिकाका मेयर बालेन शाहले मिटर ब्याज पीडितलाई पशुपति धर्मशालामा बस्न आग्रह गरेको तर नमानेको बताएका छन् । [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले मिटरब्याज पीडितलाई खुलामञ्चको सट्टा शान्तिवाटिकामा बस्ने प्रस्ताव गरेको छ ।

सोमबार विभिन्न जिल्लाबाट पैदल हिँडेर आन्दोलनका लागि मिटरब्याज पीडित काठमाडौं आएका छन् । उनीहरुले भने महानगरको प्रस्तावलाई अस्विकार गर्दै खुलामञ्चको गेटबाहिर प्रदर्शन गरेका छन् ।

महानगरपालिकाका मेयर बालेन शाहले मिटर ब्याज पीडितलाई पशुपति धर्मशालामा बस्न आग्रह गरेको तर नमानेको बताएका छन् । उनले काठमाडौ बसुन्जेल पशुपति धर्मशालामा बास र खानाको व्यवस्थापन गर्न महानगर तयार भएपनि मिटरब्याज पीडितहरुले त्यसको अस्विकार गरको फेसबुकमार्फत बताएक हुन् ।

यस्तै, मेयर बालेनले मिटरब्याज पीडितको माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । ‘हामी चाहन्छौं यस्तो अवस्था मा काठमाडौं कोही आउन नपरोस्, गाउँगाउँमा सरकार पुगोस्’ बालेनले लेखेका छन् ।

Share News