काठमाडौं । उपप्रधानमन्त्री एवंम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालय हेरफेर आफ्नो निर्णय नभएको बताएका छन् ।
सोमबार दिउँसो यातायात मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले आफ्नो चाहना अनुसार नभएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्णयमा भर पर्ने बताएका हुन ।
‘अब छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ, मन्त्रालय हेरफेर मेरो चाहना होइन, प्रधानमन्त्रीज्यूले जे भन्नुहुन्छ त्यही मान्ने हो’, उनले भने, ‘मैले त गठबन्धन र प्रधानमन्त्रीको निर्णय र निर्देशनमा काम गर्ने हो,’ उनले भने ।
उनले मन्त्रालय हेरफेर हुने संकत गर्दै प्रधानमन्त्रीको निर्णयनै आफुले मान्ने उद्घोष गरेका हुन ।
उनले आफ्नो तीन महिने प्रगति विवरण सार्वजनिक गरेका छन् ।