फाइनान्सको घामड हाकिम

<p>उदेक लाग्दो जिन्दगी छ । जिन्दगी जिउनै गाह्रो छ । जागिर नखाई सुखै छैन । जागिरको लागि एउटा राम्रो नाम चलेको फाइनान्स कम्पनीबाट अफर आयो । राम्रै लाग्यो । हुन्छ भने । जागिर खान काठमाडौं छोडी पोखरा लागेँ । सुरु सुरुमा रमाइलै लागेको थियो । नयाँ परिवेश । नयाँ ठाउँ । नयाँ जोश । नयाँ [&hellip;]</p>

उदेक लाग्दो जिन्दगी छ । जिन्दगी जिउनै गाह्रो छ । जागिर नखाई सुखै छैन । जागिरको लागि एउटा राम्रो नाम चलेको फाइनान्स कम्पनीबाट अफर आयो । राम्रै लाग्यो । हुन्छ भने । जागिर खान काठमाडौं छोडी पोखरा लागेँ ।

सुरु सुरुमा रमाइलै लागेको थियो । नयाँ परिवेश । नयाँ ठाउँ । नयाँ जोश । नयाँ जाँगर । नयाँ वातावरण । नयाँ साथी भाई । भनौं सबै नयाँ । काम राम्रै भइरहेको थियो । दिलो ज्यान दिएर काम गरिरहेको थिएँ । अफिसमा पुरानो हाकिमको कार्यकाल सकियो । नयाँ हाकिमको नियुक्ति भयो ।

नयाँ हाकिम आउनासाथ नयाँपन देखाउन थाल्यो । नयाँ नयाँ परिवर्तन ल्याउन थाल्यो । सोचेकोथिएँ । नयाँ योजना र रणनीतिको साथ नयाँ हाकिम आएको रहेछ । अब राम्रो हुने भयो । पछि आएर पो थाहा भयो त नयाँ जोगीले खरानी धेरै खसे झै गरेको रहेछ ।

नयाँ हाकिमको लगाव व्यापार व्यवसाय विस्तार एवं मुनाफा आर्जनमा छदै थिएन । कर्मचारीले के खायो, कोसँग बोल्यो, पोशाक लगायो लगाएन, कोट फुकालेर किन कुर्सी पछाडि राख्यो, आइडी कार्ड लगायो लगाएन, कार्यालय कति बेला आयो, को कस्को क्याविनमा गयो, दुई जना विभागीय प्रमुख भेट भयो भने मेरो कुरा त काटेन भनेर डरायो, अनि सिसिटिभि हेर्दै तुरुन्त कर्मचारीलाई आफ्नो क्याबि‍नमा बोलायो, मस्त दुई चार जनालाई अघि पछि राखेर बियर खायो अनि व्यापार व्यवसाय विस्तारको नाममा अफिसमा बिल इन्ट्री गरायो, अफिसको गाडी तेल उपभोग गरेर कहिले पुर्व कहिले पश्चिम गर्यो । त्यही नै हाकिमको दैनिक क्रियाकलाप थियो । कर्मचारीको वैज्ञानिक व्यवस्थापन भन्दा आफु निकटलाई वरिपरि राख्नमै बढी ध्यान थियो ।

सरुवा बढुवामा आफ्नै आशे-पाशेको बाहुल्यता हुन्थ्यो । मिटिङमा हाकिमको कुरामा असहमति जनाउँदै आफ्ना तर्क तथा विचार राख्यो भने तँ म भन्दा जान्ने हुने भन्दै आँखा तर्थ्याे र अर्काे पटक देखि मिटिङमै बोलाउँदैनथ्यो । त्यसैले बाध्य भएर हाकिमको कुरामा हो मा हो मिलाउन विवश थियौं म लगायतका साथीहरु ।

हाकिमले बोलेको कुरा शतप्रतिशत सत्य छ भन्दै सही थाप्नु हाम्रो दैनिक कर्तव्य थियो । नभए त उही हो फेरी विभागीय प्रमुखबाट हटाउने हो कि वा सरुवा गर्ला भन्ने डर । त्यसैले पनि आफ्नो मन मारी मारी हाकिमको जाति बन्नु बाध्यता थियो ।

आफुलाई चाप्लुसी गर्न नआउने, जे देख्यो तेही बोल्नु पर्ने । तर, पछि पो थाहा भयो त त्यसरी त जागिरमा टिक्न सकिदो रहेनछ । आफुमा चाप्लुसी नहुँदा धेरै गाह्रो । तै पनि जसो तसो तीन वर्ष सँगै काम गरियो । अब टिक्न सकिँदैन भन्ने लागेर छोडेर हिँडियो ।

सँगै लामो समय काम गरेका साथीभाईको याद एवं सम्झना जागिर छोड्दैमा नमेटिने रहेछ । यसो गएको बेला साथी भाईलाई बोलाएर भेट गर्याे हाकिमको कानमा भेट गरेको कुरा समेत पुगि हाल्दो रहेछ जासुस मार्फत् । भोलिपल्ट भेट गरेका साथी भाईलाई बोलाएर त्यसलाई किन भेटिस् भन्दै थर्काउने काम समेत गर्दाे रहेछ घामड हाकिमले ।

बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारीहरु एकदमै सही कुशल र व्यवसायिक हुन्छन् भन्ने सुनेको थिएँ । तर,  मैले सुनेको कुरा शतप्रतिशत सही हैन रहेछ । कोही कोही त बहुत घामड हुँदा रहेछन् मैले भोगे जस्तो । सही व्यवस्थापक हुँदा कार्यालयमा नि घर नै आभाष हुने गरी व्यवस्थापन गर्छन र कार्यालयमा बसी राखौ भन्ने माहोल बनाउँछन् जसले गर्दा संस्थाको उत्पादकत्व एवं मुनाफामा वृद्धि हुँदै जाने निश्चित हुन्छ । तर, जब संस्थामा घामड एवं सनकलाल हाकिम व्यवस्थापकको रुपमा रहन्छन्, कर्मचारीहरुले सधै विकल्प खोज्ने, संस्थाको प्रगति दैनिक रुपमा खस्कने एवं कर्मचारीमा नैराश्यता विकास हुने गर्दछ ।

यसर्थ, हाकिमहरुले हठीपन त्यागी संस्थाको सही र कुशल व्यवस्थापन गर्नु आजको आवश्यकता हो । कर्मचारीको वैज्ञानिक व्यवस्थापन गर्न सकेमा त्यसको अधिकतम फाइदा संस्थाले पाउने निश्चित छ । मेरा आसे-पासे एवं आउरे बाउरे भन्ने भ्रामक सोचाईबाट हाकिमहरु माथि उठ्न जरुरी भइसकेको छ ।

वास्तविक हाकिम त्यो हो जसले भएका स्रोत र साधनलाई अधिकतम उपभोग गरी उत्पादक्व र मुनाफा वृद्धि गर्छ, कर्मचारीको सही र वैज्ञानिक व्यवस्थापन गर्छ । यसर्थ सबै हाकिमलाई सही र कुशल व्यवस्थापन बन्न सुझाव, घामड हाकिम नबन्नु होस, यसले कसैको पनि हित गर्दैन ।

उही घामड हाकिमको भुतपूर्व कर्मचारी

Share News