काठमाडौं । मन्त्रिपरिषद विस्तारका लागि मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच बालुवाटारमा भएको छलफलले मंगलबार ४ बजे बैठक बोलाउने निर्णय गरेको हो ।
विस्तारमा ढिलाइ भइरहेको छ । मन्त्रिपरिषद् विस्तार आजसम्म गरिने भनिए पनि दलहरुबीच सहमति हुनसकेको छैन ।
सत्तागठबन्धन आबद्ध दलहरु सहमतिमा पुग्न नसक्दा सरकार सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दल आवद्ध छन् ।