काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष कुल आचार्यले वैदेशिक रोजगारीमा रहेका २० लाख श्रमिक सामाजिक सुरक्षा कोसमा आवद्ध हुँदा १ खर्ब रुपैयाँ नेपाल भित्रिने बताएका छन् ।
सामाजिक सुरक्षा कोषले बुधबार वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने सुरु गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
श्रमिकको समस्या तत्काल सम्बोधन गर्न नसके पनि कोषमा आवद्ध भएपछि केही मलम लागेको उनले बताए । ‘केही समस्या पर्दा राज्यले हेर्छ भन्ने आजदेखी प्रमाणित भएको छ,’ उनले भने ।
सामाजिक सुरक्षा कोषमा वैदेशिका रोजगारमा रहेको श्रमिक आवद्ध भएपछि राज्यको ठूलो भार कम भएको उनी बताउँछन् ।
यस्तै, एनआरएनकी अध्यक्ष रविना थापाले आफ्नो जिवन विदेशमा बिताएर खाली हात नेपाल फर्किनुपर्ने अवस्थाको आजदेखी अन्त्य भएको बताएकी छिन् ।