काठमाडौं । नेपाल प्रहरीका पाँच नायब महानिरीक्षक (डिआइजी) को अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीका पाँच डिआइजीलाई बढुवा गर्ने निर्णय गरेको हो ।
गृहमन्त्रालयले गरेको सिफारिसअनुसार डिआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा भएका छन् ।