‘आइएमई पे’ मा पैसा लोड गर्दा सामसङ ग्यालेक्सी बड्स २ जित्न सकिने

<p>काठमाडौं । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसनको ‘आइएमई पे’ ले ५ को ५ नामक नयाँ अफर सार्वजनिक गरेको छ । यस अफरमा ग्राहकहरुले लिंक गरेको बैंकको खाताबाट, एम–बैंकिङ्ग वा इ–बैंकिङबाट, डेबिटरक्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तिमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरुले सामसङ ग्यालेक्सी [&hellip;]</p>

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसनको ‘आइएमई पे’ ले ५ को ५ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

यस अफरमा ग्राहकहरुले लिंक गरेको बैंकको खाताबाट, एम–बैंकिङ्ग वा इ–बैंकिङबाट, डेबिटरक्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तिमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरुले सामसङ ग्यालेक्सी बड्स २ जित्नेछन् ।

चैत्र १ देखि १५ गते सम्म चल्ने यस अफरमा लागु हुने कम्पनीले जनाएको छ । यसका साथै, हरेक दिन कम्तिमा १ पटक सोहि माध्यमहरुबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा १ हजार रुपैयाँ जित्ने मौका पनि पाउनेछन् ।

Share News