एनआईबिएल एस क्यापिटलको म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

<p>काठमाडौं । एनआईबिएल एस क्यापिटलले लगानी तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम संचालन गरेको छ । क्यापिटलले सिटीटेकमा कार्यरत विभिन्न तहका कर्मचारीहरुको लागि उक्त कार्यक्रमा संचालन गरेको हो । उक्त कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजारका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्ड योजना र खुलामुखी योजना अन्तर्गत रहेको व्यवस्थित लगानी योजना सम्बन्धी सम्पूर्ण जानकारी गराईएको थियो । [&hellip;]</p>

काठमाडौं । एनआईबिएल एस क्यापिटलले लगानी तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम संचालन गरेको छ । क्यापिटलले सिटीटेकमा कार्यरत विभिन्न तहका कर्मचारीहरुको लागि उक्त कार्यक्रमा संचालन गरेको हो ।

उक्त कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजारका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्ड योजना र खुलामुखी योजना अन्तर्गत रहेको व्यवस्थित लगानी योजना सम्बन्धी सम्पूर्ण जानकारी गराईएको थियो ।

कार्यक्रममा क्यापिटलले हाल प्रदान गरीरहेको धितोपत्र बजार सम्बन्धी अन्य सेवाहरु जस्तैः लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा आदिको बारेमा साथै बजारका विभिन्न लगानी उपकरणहरुको बारेमा छलफल भएको थियो र सहभागीहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन समेत गरिएको थियो ।

एनआईबीएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको संस्था हो ।

Share News