मुक्तिनाथ विकास बैंकका ग्राहकलाई रिसोर्ट र औषधि पसलमा १० प्रतिशत छुट

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौता गरेको छ । बैंकले वाइट अरर्किड रिर्सोट र सुर्यविनायक मेडिकल स्टोरसँग ग्राहकहरुले विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सुर्यविनायकको वाइट अरर्किड रिर्सोटमा फुड, बेभरेज एण्ड एकोभमामा विशेष १० प्रतिशत छुट [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौता गरेको छ । बैंकले वाइट अरर्किड रिर्सोट र सुर्यविनायक मेडिकल स्टोरसँग ग्राहकहरुले विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सुर्यविनायकको वाइट अरर्किड रिर्सोटमा फुड, बेभरेज एण्ड एकोभमामा विशेष १० प्रतिशत छुट र सुर्यविनायक मेडिकल स्टोरमा विभिन्न सेवाहरुमा विशेष १० प्रतिशत ‍सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाटनि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Share News