सुर्खेत उडेको बुद्ध एयरमा समस्या देखिएपछि काठमाडौं फिर्ता

<p>काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ । एयरको इन्डिकेटरले समस्या देखाएपछि विमान काठमाडौं नै फर्काएर अवतरण गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आज बिहान भएको यो घटनापछि उक्त जहाजलाई ग्राउन्डेड गरिएको छ । उक्त जहाज उड्नुपूर्व चेकजाँच गरेका इन्जिनियरलाई पनि काममा रोक [&hellip;]</p>

फाइल फोटो

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ । एयरको इन्डिकेटरले समस्या देखाएपछि विमान काठमाडौं नै फर्काएर अवतरण गरिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आज बिहान भएको यो घटनापछि उक्त जहाजलाई ग्राउन्डेड गरिएको छ । उक्त जहाज उड्नुपूर्व चेकजाँच गरेका इन्जिनियरलाई पनि काममा रोक लगाएको प्राधिकरणले जनाएको छ ।

१५ नटिकल माइल उडेर काठमाडौं फिर्ता भएको जहाजमा ६२ जना यात्रु रहेका थिए ।

Share News