९० विकास बैंकबाट १७ वटामा झर्दा पनि बजार हिस्सा घटेको छैन : अध्यक्ष श्रेष्ठ

<p>काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान)का अध्यक्षमा सुयोग श्रेष्ठले विकास बैंकको बजार हिस्सा बढ्दै गएको बताएका छन् । शुक्रबार चितवनमा सम्पन्न एशोसिएसनको १७ औं वार्षिक साधारण सभामा बोल्दै नव नियुक्त अध्यक्ष श्रेष्ठले ९० वटा विकास बैंकबाट अहिले १७ वटामा झर्दा पनि बजार हिस्सा कायम राख्न सकेको बताए । उनका अनुसार विकास बैंकका लागि ठूलो [&hellip;]</p>

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान)का अध्यक्षमा सुयोग श्रेष्ठले विकास बैंकको बजार हिस्सा बढ्दै गएको बताएका छन् । शुक्रबार चितवनमा सम्पन्न एशोसिएसनको १७ औं वार्षिक साधारण सभामा बोल्दै नव नियुक्त अध्यक्ष श्रेष्ठले ९० वटा विकास बैंकबाट अहिले १७ वटामा झर्दा पनि बजार हिस्सा कायम राख्न सकेको बताए ।

उनका अनुसार विकास बैंकका लागि ठूलो उपलब्धि रहेको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबैको सहयोगबाट विकास बैंकहरुको हक र हितका लागि कार्य गर्ने प्रतिबद्धता समेत जनाए ।

‘आजका विकास बैंकहरु व्यवसायका दृष्टिकोणबाट हिजोका वाणिज्य बैंकहरु जस्तै हुन्, ९० वटा विकास बैंक घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु विकास बैंकहरुको उपलब्धि हो,’ उनले भने ।

उनले विकास बैंकले राम्रो काम गर्नका लागि सीईओहरुबीच सहकार्य गर्न आवश्यक रहेको बताए । साथै, उनले अप्ठ्यारो अवस्थामा पनि एसोसियसनलाई सफलतापूर्वक नेतृत्व प्रदान गरेकोमा निर्वतमान अध्यक्ष पोखरेललाई धन्यवाद दिए ।

एशोसिएसनका पूर्व अध्यक्ष प्रद्युमन पोखरेलले कोरोना महामारी, रुस र युक्रेन युद्ध, बढ्दो मुद्रास्फीति लगायतका कारण बैंकिङ्ग क्षेत्र निकै नै अप्ठ्यारो अबस्थाबाट गुज्रिरहेको बताए । सबै सदस्य बैंकहरुलाई जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन र ग्राहक सेवालाई अझ चुस्त बनाउन उनले अनुरोध गरे ।

एशोसियसनको चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति पनि चयन गरेको हो । महालक्ष्मी विकास बैंकका सीईओ बोधराज देवकोटा उपाध्यक्ष, सिन्धु विकास बैंकका सीईओ राम कुमार गिरी सचिव र लुम्बिनी विकास बैंकका सीईओ नरेश सिंह बोहरा कोषाध्यमा चयन भएका हुन् ।

यस्तै, एशोसिएसनको कार्यकारी सदस्यहरुमा साइन रेसुंगा डेभलपमेन्ट बैंकका सीईओ प्रकाश पौडेल, ज्योति विकास बैंकका सीईओ श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेन्ट बैंकका सीईओ डा.इन्द्र कट्टेल चयन भएका हुन् ।

नवनियुक्त कार्य समितिका पदाधिकारीहरुको सपथ ग्रहण समेत सम्पन्न भइसकेको छ । एशोसियसनको १७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

Share News