चैत्र ६ गते विश्वासको मत लिन्छु, १० गतेसम्म सरकार विस्तार हुन्छ : प्रधानमन्त्री

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन् ।शुक्रबार लगानी बोर्डको बैठकपछि कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए । दाहालले उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने बताए [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन् ।शुक्रबार लगानी बोर्डको बैठकपछि कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए । दाहालले उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने बताए ।

‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु, विश्वासको मत ६ गते लिने भनिएको नै छ, त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु,’ उनले भने ।

प्रधानमन्त्री दाहालले सरकार विस्तार हुन कुनैपनि अफ्ठ्यारो नरहेको बताए ।

Share News